प्यूठानमा ३६ मतदान स्थल अति संवेदनशील



प्यूठान,वैशाख २२ । आशन्न स्थानीय निर्वाचनका लागि स्थानीय प्रशासनले प्यूठानमा ३६ वटा मतदान स्थललाई अति संवेदनशील सुचिमा राखेको छ। भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, जिल्लागत सिमान,सुरक्षा निकायको संस्थागत उपस्थिति लगायतलाई आधार मानेर मतदान स्थलको वर्गिकरण गरिएको हो।

जिल्लाका नौ स्थानीय तहमध्ये नौबहिनी, गौमुखि , झिमरुक र ऐरावति गाउँपालिकाका गरी ३६ वटा मतदान स्थललाई अति संवेदनशील सुचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन । यस्तै ८७ वटा संवेदनशील र ८२ वटा मतदान स्थलहरु सामान्य रहेको उनले बताइन । सोही अनुसार सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाई छ ।
भयरहित वातावरणमा चुनाब सम्पन्न गर्नका लागि आफूहरु सक्षम रहेको प्रजिअ नेपालको दाबी छ ।

प्यूठानमा कुल २ सय २० मतदान केन्द्र एव १ सय ५१ मतदान स्थल तय गरिएको छ । जिल्लामा कुल १ लाख ५९ हजार ३४३ मतदाता रहेका छन । जसमध्ये ८२ हजार १८ महिला, ७७ हजार ३२७ पुरुष र १ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्