धनतेरसमा सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ घट्यो



काठमाडौं,कात्तिक २० । धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ११० रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको चाँदी शुक्रबार ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्