शिक्षकका ३४ कोटामा सबै फेल



काठमाडौं, वैशाख २३ । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् ।

परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेस प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन् । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण छन् । रिक्त कोटाका लागि आयोगले अर्को परीक्षा सञ्चालन गर्नुपर्छ ।

मधेसमा नेपाली विषयमा ३२ जना शिक्षकका लागि आवेदन आह्वान गरिएकोमा २६ जना मात्रै उत्तीर्ण भए । सोही प्रदेशमा गणित विषयमा १७ जना माग गरिएकोमा १५ जना मात्रै उत्तीर्ण भए ।

मधेस प्रदेशमै विज्ञान विषयमा २२ जना माग गरिएकोमा सात जना मात्रै उत्तीर्ण भएको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्