कोरोना अपडेट: थप १७ जनामा कोरोना पुष्टि



काठमाडौं, वैशाख २५ । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ सय पाँच जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यसैगरी ११ सय पाँच जनाको एन्टिजेन परीक्षण गर्दा कोही पनि सङ्क्रमित भएका छैनन् । 

२४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ। २४ घण्टामा २२ हजार १०६ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या २०१ जना छ । 

प्रतिक्रिया दिनुहोस्