राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद्‍ अधिवेशन आह्वान



काठमाडौं,वैशाख २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । 

आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गरेकी हुन । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार २०७९ साल जेठ ३ गते मंगलबार दिउँसो ४ बजेका लागि संघीय संसद्‍को दुवै सदनको अधिवेशन राष्ट्रपतिबाट आह्वान भएको हो।  

प्रतिक्रिया दिनुहोस्