वैशाख ३० गते चुनावका दिन सरकारले दियो सार्वजनिक बिदा



काठमाडौ,वैशाख २६ । स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिएको छ । यही वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ ।

मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए । 

वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ । यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा दिइएको छ म

प्रतिक्रिया दिनुहोस्