कलंकीमा एकाबिहानै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौं,वैशाख २८ । काठमाडौंको कलंकीमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहान ३ बजे थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ५ ख ७३४५ नम्बरको टिपरले ठक्कर दिँदा धादिङको धुनिवेशी नगरपालिका–२ बस्ने ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्