नुवाकोट पञ्चकन्यामा झडप



नुवाकोट,वैशाख ३० । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित चुहानडाडा मतदान केन्द्रमा झडप भएको छ ।

नेपाली काङ्ग्रेसका वडा सदस्य समेत रहेका रामजङ बुढाथोकीले एक मतदातालाई गेटमा बसी नगद दिइरहेको अन्य पार्टीका कार्यकर्ताले देखेपछि झडप भएको हो ।

अहिले मतदान रोकिएको छ । नगद दिएको थाहा पाएपछि अन्य दलका युवाले निर्वाचन खारेज गर्नुपर्ने माग राख्दै नारावाजी गरिरहेका छन् । नारावाजीपछि गेट बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्