नुवाकोट पञ्चकन्याको झडपग्रस्त मतदान स्थलमा माओवादी केन्द्रका नेता तामाङको अनुगमन



नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको तनावग्रस्त स्थानमा संघीय नेता तथा माओवादी केन्द्रका संघीय नेता हितबहादुर तामाङले अनुगमन गरेका छन् ।

नेता तामाङले अनुगमनका क्रममा सबै नागरिकले विना भेदभाव मतदान गर्न पाउनुपर्ने मौलिक हकको दायरा सबैले बुझ्नुपर्ने बताए ।

त्यस्तै स्थगित केन्द्रमा मतदान पुनः सुचारु भएको छ । केन्द्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्