नुवाकोट पञ्चकन्याको तनावग्रस्त मतदान केन्द्रमा दुई हजार ९४ मत खस्यो



नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ बच्छ्ला माद्यामिक विद्यालय मतदान केन्द्रमा कुल दुई हजार ९४ मत खसेको छ । मतदान समयमा तनावग्रस्त उक्त केन्द्रमा दुई हजार ९४ मत खसेको हो ।

२०७४ को निर्वाचनमा १८ सय २० मत खसेको थियो । उक्त समय विजय भएका डिल्ली बहादुर थापाले ७३२ मत प्राप्त गरेका थिए। त्यस्तै थापाको प्रतिद्वन्द्वी माओवादीका उमेदवार टिकाप्रसाद कडेलले ५६१ र एमालेका गणेश थापाले ३९५ मत पाएका थिए ।

यसवर्ष २ हजार ९४ मत खसेको हो । तुलनात्मक रुपमा ६५.६३ प्रतिशत मत खसेको हो । यसवर्ष कुल ३२ सय ४४ मतदाता रहेको केन्द्रमा ३५ प्रतिशत मतदाता उपस्थित नभएको निर्वाचन अधिकृत मदु पाण्डेले बताए ।

पछिल्लो समयमा बसाइँसराइ, वैदेशिक रोजगार लगायत विविध कारण ग्रामिण क्षेत्रमा जनसंख्या दिनानुदिन घट्दो क्रममा रहेकाले निर्वाचनमा समेत आवश्यक मत खस्न नसकेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्