नुवाकोट पञ्चकन्यामा १० हजार ५३२ मत खस्यो, यस्तो छ वडागत विवरण



नुवाकोट,वैशाख ३०। जिल्लाको पञ्चकन्या गाउँपालिकामा १० हजार ५३२ मत खसेको छ ।

शुक्रबार सम्पन्न मतदानमा सो संख्यामा मत खसेको सम्बन्धित गाउँपालिकाको वडागत तथ्यांकले देखाएको छ ।

विवरण अनुसार गाउँपालिकाको वडा नम्बर १ मा १३ सय ७७, २ नम्बर वडामा २८ सय १० मत, वडा नम्बर ३ मा १७ सय ७७ मत, वडा नम्बर ४ मा २४ सय ७४ मत र वडा नम्बर ५ भद्रुटारमा २ हजार ९४ मत खसेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ५ बाहेक सबै केन्द्रमा शान्तिपूर्ण मतदान भएको कार्यालयले जनाएको छ । वडा नम्बर ५ बुथमा भने काङ्ग्रेसका नेता रामजंग बुढाथोकीले मतदान केन्द्रमै नगद वितरण गरेको भन्दै विपक्षी पार्टीका नेताकार्यकर्ता नारावाजीसहित झडपमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्