नुवाकोट शिवपुरीमा ८०० मत गनियो, यस्तो छ पछिल्लो मत परिणाम



नुवाकोट,वैशाख ३१ । जिल्लाको पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नम्बर १ मा खसेको ८०० मत गणना सकिएको छ ।

खोलेखर्क र ज्वालामुखी दुईवटा मतदान केन्द्रमा खसेको १५८८ मा ८०० मत गणना सकिएको हो । प्राप्त मत अनुसार नेकपा एमालेको जितेन्द्र बिष्टले सुर्य चिन्हमा ६६ मत प्राप्त गरेका छन् । त्यस्तै गाउँपालिकाका अर्का अध्यक्ष पदका नेपाली काङ्ग्रेसका गोविन्द प्रसाद थपलियाले रुख चिन्हमा २९१ मत, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पदम उप्रेतीको कलम चिन्हमा २५४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष उमेदवार हलो चिन्हमा ७६ मत, मंगलमाया प्रजापति एमाले गाउँपालिका उपाध्यक्ष ५८ मत, काङ्ग्रेसका उपाध्यक्ष उमेदवार इन्दिरा खड्काले रुख चिन्हमा ३०० मत, उपाध्यक्ष पदमा माओवादी केन्द्रका उमेदवार बिर बहादुर तामाङले २८५ मत, राप्रपाका उपाध्यक्ष पदमा उमेदवार बट्टाई अधिकारीले हलो चिन्हमा ८० मत, एमालेका रामराज दुलालले सुर्यमा १९ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका महेन्द्रराज खत्रीले ३४७ मतले अगाडि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्