सुनसरीको हरिनगर ७ मा नेकपा एकीकृत(समाजवादी)का वडाअध्यक्ष सहित प्यानलै विजयी



सुनसरी,जेठ १ । सुनसरीमा नेकपा एकीकृत( समाजवादी)ले विजय शुरुवात गरेको छ । जिल्लाको हरिनगर गाँउपालिकामा वडा नम्बर ७ मा नेकपा एकीकृत( समाजवादी)ले वडाअध्यक्ष सहित प्यानलै विजयी हासिल गरेको छ । आयोगले औपचारिक रुपमा विजयी उम्मेदवारको नाम घोषणा गर्न भने बाँकी छ । 

सो गाँउपालिकाको वडा नम्बर ७ मा नेकपा एकीकृत समाजवादीका वडाअध्यक्ष पदका उम्मेदवार सहित प्यानलै विजयी भएका छन् । वडाअध्यक्षमा विजयी उम्मेदवारले ५६६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादीका उम्मेदवारले ४६२ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेदवारले ३८७ मत र एमालेका उम्मेदवारले ३६८ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरि समाजवादीकै महिला सदस्य ५४३, दलित महलिा सदस्य ५४०, खुल्ला वडा सदस्यद्धय ५०७ र ५०७ मत ल्याई विजयी हासिल गरेको निर्वाचन कार्यालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । सो वडामा १९६८ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्