नुवाकोट पञ्चकन्यामा रोमाञ्चक मत परिणाम, खनाललाई फेरि तामाङले उछिने



नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्यामा रोमाञ्चक मत परिणाम आइरहेको छ । ठुलो मतान्तरमा अगाडि बढेको नेपाली काङ्ग्रेसलाई माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङले उछिनेका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका तामाङले २९६१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका माधबप्रसाद खनालले २९४२ मत लिएर पछ्याउँदै अगाडि बढेका छन् ।

वडा नम्बर ४ मंगलामतदान केन्द्र को मतगणना अनुसार तामाङ १ सय ७८ मत प्राप्त गरि अगाडि बढेका छन् भने नेपाली काङ्ग्रेस ११० मत लिई अगाडि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्