भक्तपुर नगरपालिकाको १० ओटै वडामा नेमकिपा विजयी



भक्तपुर,जेठ ३ । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । 

नगरको १० ओटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो । 

नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २०० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत प्राप्त गरे । प्रमुखका अर्का उम्मेदवार नेकपा (एमाले)का रविन्द्र लाछिमस्यूले २ हजार ८३७ मत प्राप्त गरेका थिए ।

त्यस्तै प्रमुखकै उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा (माओवादी केन्द्र) का तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गरे । 

प्रतिक्रिया दिनुहोस्