नुवाकोट ककनी गाउँपालिकामा माओवादी केन्द्रका सुमन र मिठुमाया को विजयी



नुवाकोट,जेठ ३ । जिल्लाको ककनी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष उम्मेदवारमा सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया तामाङ विजयी भएका छ । अध्यक्ष तामाङले ४८४२ प्राप्त गरेका छन् भने उपाध्यक्षले ४१२३ मत पाएकी छन् ।

त्यस्तै वडा नम्बर १ मा पदम बलामी, वडा नम्बर ३ मा घननाथ बजगाइँ, वडा नम्बर ४ मा सोनाम लामा वडा नम्बर ६ मा लक्ष्मण तामाङको प्यानल सहित विजय भएको छ ।

यता माओवादी केन्द्रका निवर्तमान उपाध्यक्ष सीता खतिवडाले पार्टी भित्रका आन्तरिक तथा बाह्य समस्याको समिक्षा हुने बताएकी छन् ।आफ्नो पार्टी र उम्मेद्वार जिताउन अहोरात्र खटिने पार्टीका सम्पुर्ण कार्यकर्ता र अमुल्य मत दिएर माओबादीलाई माया गर्नुहुने जनसमुदायलाई हार्दिक धन्यबाद व्यक्त गरेका छन् ।

समग्र मत यहाँ प्रस्तुत गरिएको छ :-

प्रतिक्रिया दिनुहोस्