नुवाकोट पञ्चकन्या मतगणना: २ नम्बर काङ्ग्रेसलाई ४ नम्बर वडाको माओवादीको मत भारी



नुवाकोट,जेठ ३ । पञ्चकन्याको वडा नम्बर २ को काङ्ग्रेसलाई ४ नम्बर वडाको माओवादीको मत भारी भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर १ को जम्मा १३ सय ७७ मतमा माओवादीलाई ५२३, काङ्ग्रेसलाई ५२१ मत प्राप्त भएको थियोे ।

त्यस्तै २ नम्बर वडामा २८१० मत रहेकोमा माओवादीलाई ७८९ र काङ्ग्रेसलाई १५३८ मत प्राप्त भएको थियोे । त्यस्तै पञ्चकन्या ३ नम्बर वडामा १७७७ मत प्राप्त भएको थियोे ।त्यस्तै पञ्चकन्यामा माओवादीलाई ८८७ र काङ्ग्रेसलाई ५८५ मत प्राप्त भएको थियो ।

त्यसैगरी माओवादीको लालकिल्लाका रुपमा रहेको वडा नम्बर ४ मा २४७६ मत खसेको थियोे । उक्त वडामा दुइटा मतदान केन्द्रमध्ये मंगला केन्द्रमा १३०२ मत खसेको थियोे । जसमध्ये माओवादीलाई ८५२ र काङ्ग्रेसलाई ३१२ मत खसेको थियोे ।

त्यसैगरी अर्को मतकेन्द्र उदय जालपामा ११७४ मत खसेको थियोे । उदय जालापा केन्द्रको ७४२ मत गणना गर्दा माओवादी केन्द्रलाई ३२२ र काङ्ग्रेसलाई २२३ मत प्राप्त भएको थियोे ।त्यस्तै उक्त केन्द्रमा ४४२ मत गणना गर्न बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्