३.५ प्रतिसतले बढ्याे सार्वजनिक यातायातकाे भाडा



काठमाडौं,जेठ ३ । यातायात ब्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर फेरी वृद्धि भएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी बढेमा वा घटेमा विभागले भाडादर समायोजन गर्ने ब्यवस्था अन्तर्गत सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।

पछिल्लो समय भाडा समायोजन गर्दा आधार लिइएको डिजेलको बजार मूल्य प्रतिलिटर १३८ रुपैयाँमा रहेकोमा हाल दुई पटक बढेर प्रतिलिटर १५३ रुपैयाँ कायम रहेको छ । सो अनुसार अहिले १०.८६ प्रतिशतले बढेको हुदाँ जेठ ४ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको विभागले जनाएको छ ।

अहिले विभागले यात्रुबाहक सवारीको ३.५ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीको ५.१ प्रतिशतले भाडा बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्