नुवाकोट पञ्चकन्या मत परिणाम : माओवादी केन्द्रका तेजबहादुर तामाङको अग्रता कायमै



नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको मत परिणाममा माओवादी केन्द्रका तेजबहादुर तामाङको अग्रता कायमै रहेको छ ।

अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका तामाङले ४२११ मत प्राप्त गरेका छन। त्यस्तै नेपाली काङ्ग्रेसका अध्यक्ष उम्मेदवार माधबप्रसाद खनालको मत ३८६५ रहेको छ । दुई नेताको मतान्तर भने ३४६ रहेको छ । यद्यपि बच्छला माध्यमिक विद्यालय केन्द्रको ४०० मत गणना भने बाकी नै छ ।

त्यस्तै उपाध्यक्ष पदमा पञ्चकन्या माओवादी केन्द्रकी बिमला केसीको मत ३८६३ रहेको छ भने नेपाली काङ्ग्रेसको उपाध्यक्ष सलिना केसीको ३६३७ मत रहेको छ ।उपाध्यक्षद्वयको २२६ मतान्तर रहेको छ।

मतको अन्तिम नतिजाको पर्खाइमा रहेका स्थानीयले वडा नम्बर ४ का अध्यक्ष उम्मेदवार सञ्चबहादुर तामाङ को जीत भैसकेको भन्दै विजयी जुलुस निस्केको छ । यद्यपि वडाध्यक्ष तामाङको मत घोषणा भने भएको छैन ।

त्यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ को मत पनि सार्वजनिक भएको छैन । श्रोतका अनुसार वडा नम्बर ५ मा माधब सिटौलाको मत अगाडि रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्