नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा सञ्चबहादुर तामाङ विजयी



नुवाकोट,जेठ ३ । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा सञ्चबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले ११३१ मत प्राप्त गरि विजयी भएका हुन । तामाङको प्रतिस्पर्धी प्रकाश पण्डितले ६०२ मत हासिल गरेका छन् ।

त्यस्तै सदस्यहरुमा सरिता थापाले ११४७, माया दमाईले ११२४ मत, राजेन्द्र विक्रम सिंह ठकुरीले ११०९ मत, रामकुमार तामाङ १०६८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्