पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा तेजबहादुर तामाङ विजयी, उपाध्यक्षमा बिमला केसी



नुवाकोट,जेठ ३ । पञ्चकन्या गाउँपालिकाका अध्यक्षमा तेजबहादुर तामाङ विजयी भएका छन् । तामाङले ४३५४ मत प्राप्त गरेका छन् ।

तामाङको प्रतिस्पर्धी माधबप्रसाद खनालले ३९७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै बिमला केसी विजयी भएकी छिन् । उनले ४००७ मत प्राप्त गरेकी छिन । उनको प्रतिस्पर्धी सलिना केसीले ३७४९ प्राप्त गरेकी छिन।

प्रतिक्रिया दिनुहोस्