शिवपुरी ७ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका बिरबहादुर तामाङ विजयी



नुवाकोट,जेठ ३ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्षमा माओवादी केन्द्रका बीरबहादुर तामाङ विजयी भएका छन् । तामाङले ६६८ मत प्राप्त गरेका छन् ।

तामाङको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शिव गुणीले ५२५ प्राप्त गरेका छन् ।

तामाङको प्यानल नै विजयी भएको बताइएको छ । यसअघि शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेले प्यानलसहित जीत हासिल गरेको थियोे । ६ नम्बर वडा अध्यक्षमा नेकपा एमालेका बिष्णु श्रेष्ठ निर्वाचित भएका हुन् ।

उता नेपाली काङ्ग्रेसको कार्यकर्ताले पार्टीमा अन्तरघात गरेको भन्दै सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्