भरतपुरमा थप २ हजार मत गन्दा सुवेदीभन्दा दाहाललाई ३ गुणा बढी मत



काठमाडौं,जेठ ४ । भरतपुर महानगरमा पछिल्लोपटक गणना भएका मतमा नेकपा एमालेका विजय सुवेदीको भन्दा माओवादी केन्द्रकी रेणु दाहालले झन्दै तीन गुणा बढी मत पाएकी छन् ।

पछिल्लो २ हजार ५ मतगणनाकफ परिणाम हेर्दा सुवेदीले ३७० मत मात्रै पाउँदा दाहालले भने साढे ८ सय मत प्राप्त गरेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालको अग्रता पनि साढे ८ सय मत नै रहेको छ । दाहालले ८ हजार ३१६ मत पाउँदा सुवेदीले ७ हजार ४६८ मत मात्रै पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पडेलले भने कांग्रेसको गढबाटै भोट पाउन सकेनन् । जगन्नाथले ३ हजार ८७६ मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्