कांग्रेस गढमा १२ सय मत गन्दा रेणुलाई झन्डै ५०%, पौडेलले आफ्नै वडाको साथ नपाउँदा रेणुलाई सहज



काठमाडौं,जेठ ४ । भरतपुर महानगरपालिकामा वडा नम्बर ६ र ७ को मतगणना चलिरहँदा मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले गणना भएको मतको करीब आधा मत पाएकी छन् । कांग्रेसको पकड क्षेत्रबाटै ५० प्रतिशत हाराहारी मत पाएपछि दाहालले ७०० भन्दा बढी मतले अग्रता लिएकी छन् ।

दाहालले ८ हजार ४२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७ हजार ३३८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले भने ३ हजार ७९३ मत पाएका छन् ।

१२ सय मत गन्दा रेणुलाई आधा मत

२३ हजार ८५ मत गनिसक्दा रेणुले ८ हजार ४२ मत पाएकी छन् । सुवेदीले ७ हजार ३३८ मत पाएका छन् । पौडेलले भने पौडेलले ३ हजार ७९३ मत पाएका छन् ।

वडा नम्बर ५ सम्मको २१ हजार ८६० मत गन्दा भने रेणुको ७ हजार ४७१, सुवेदीको ७ हजार ९८ र पौडेलको ३ हजार ६०३ मत पाएका थिए । तर थप १ हजार २२५ मत गन्दा रेणुले करीब आधा ५७१ मत पाउँदा सुवेदीले २४० र पौडेलले १९० मत मात्रै प्राप्त गरेका छन् । 

कांग्रेसको पकड क्षेत्र हुनुका साथै पौडेलको पनि आफ्नै वडा भएकाले यी वडाको परिणामले महानगरको मत परिणाम कसको पक्षमा जाने भन्ने कुराको मोटमोटी तय गर्ने आंकलन गरिएको छ । किनभने एमालेको पकड भएका क्षेत्रबाट पनि रेणुले मेयरमा भोट पाएका कारण कांग्रेसको पकड क्षेत्रबाट जगन्नथलाई भोट जान्छकी भन्ने माओवादी वृत्तमा संका थियो । कांग्रेसको पकड क्षेत्रबाट झन आधा भोट नै रेणुलाई गएका कारण अव रेणुलाई सहज हुने अनुमान गरिएको छ ।

जगन्नाथ आफ्नै वडामा कमजोर

कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताको तर्फबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले आफ्नै वडाबाट सोचेजस्तो मत पाउन सकेनन् । उनले मेयरमा उम्मेदवारी दिएर फिर्ता नलिंदासम्म भरतपुरका कांग्रेस नेता कार्यकर्ताले जगन्नाथलाई भोट हाल्ने वाचा गरेका थिए ।

प्रधानमन्त्री देखि माओवादी अध्यक्ष प्रचण्ड र सरकारका बहालवाला मन्त्री नै लाग्दा पनि पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि त्यसलाई कांग्रेस जोगाउने अभियान शुरु भएको भन्दै जगन्नाथको पक्षमा माहोल बनेको थियो ।

तर चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देखि माओवादी र कांग्रेसका शीर्ष नेताहरू भरतपुर पुगेर कांग्रेस मतदातालाई फकाएका थिए । उनीहरू फकिएको प्रमाण वडा नम्बर ६ र ७ को मतगणनाको प्रारम्भिक नतिजाले पुष्टी गरेको छ ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ९ हजार ६९७ मतसहित पहिलो स्थानमा छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ६ हजार ३४ मत ल्याएर पछ्याइरहेकी छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्