शिवपुरी मतगणना: नेपाली काङ्ग्रेसका थपलिया जीतको नजिक



नुवाकोट,जेठ ४ । जिल्लाको शिवपुरी गाउँपालिकामा जारी मतगणनामा नेपाली काङ्ग्रेसका गोबिन्द्रप्रसाद थपलिया जीतको नजीक पुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार थपलियाले ३९०० मत प्राप्त गरेका छन् । थपलियाको प्रतिस्पर्धी मत भने नेकपा एकीकृत समाजवादीका पदम उप्रेतीले ३८५८ प्राप्त गरेका छन् ।

नेकपा एमालेका जितेन्द्र बिष्टको ३२०७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१४ मत प्राप्त गरेका छ । श्रोतका अनुसार अब ४०० मत गणना गर्न बाकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्