नुवाकोट शिवपुरीको अध्यक्षमा गोविन्दप्रसाद थपलिया विजयी, उपाध्यक्षमा गठबन्धनको तामाङ



नुवाकोट,जेठ ४ । जिल्लाको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा गोविन्दप्रसाद थपलिया विजयी भएका छन् । थपलियाले ३९८८ मत प्राप्त गर्दै विजयी भएका हुन ।

थपलियाको प्रतिस्पर्धी गठबन्धनका कलम चिन्ह अर्थात पदमबहादुर उप्रेतीले ३९३० मत हात पारेका छन । माओवादी र समाजवादी गठबन्धनले नेपाली काङ्ग्रेसलाई थोरै मतले टक्कर दिएको हो ।

नेकपा एमालेका अध्यक्ष पदका जितेन्द्र बिष्टले ३२२४ मतमा चित्त बुझाउन परेको छ। हलो चिन्हले शिवपुरीमा ५२४ मत हासिल गरेको छ ।

उपाध्यक्ष पदमा गठबन्धन माओवादी केन्द्रका बिरबहादुर तामाङले ४४३८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्