नुवाकोटका निर्वाचित जनप्रतिनिधिलाई सपथ कार्यक्रम



नुवाकोट,जेठ ५ । जिल्लाका विभिन्न गाउँपालिकाका जनप्रतिनिधि प्रमुख लाई जिल्ला निर्वाचन आयोगका प्रमुख उमेशप्रसाद लुइँटेलले सपथ खुवाएका छन् ।

कार्यक्रममा पदभार ग्रहण गर्दै सम्पूर्ण नागरिकका हितमा काम गर्ने जनप्रतिनिधिहरुले बताएका छन् ।

सपथ पछि प्रमाणपत्र वितरण कार्यक्रम समेत रहेको बुझिएको छ । सपथ कार्यक्रममा नगर प्रमुख बाहेक १० जना विभिन्न गाउँपालिकाका अध्यक्षहरुको उपस्थिति रहेको छ ।

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट शिव प्रसाद अधिकारी, तादी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट सन्तमान तामाङ, किस्पाङ गाँउपालिकामा नेकपा एमाले र माओबादी गठबन्धनबाट एमालेका बिरबल तामाङ, ककनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सुमन तामाङ, म्यागङ गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट आसा तामाङ, दुप्चेश्वर गाँउपालिकामा नेकपा माओबादी केन्द्रका शंकरबहादुर थापा, लिखु गाँउपालिकामा नेपाली काँग्रेसबाट ध्रुव श्रेष्ठ, सूर्यगढी गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट सन्तबहादुर घले, शिवपुरी गाउपालिकामा नेपाली काँग्रेसकै  गोविन्द थपलिया र पञ्चकन्या गाँउपालिकामा नेकपा माओबादी केन्द्रका तेजबहादुर तामाङ (रमेश) पालिका प्रमुखमा निर्वाचित हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्