पराजयपछिको हार्दिक्ता : बिजेतालाइ प्रतिस्पर्धीको बधाई



प्युठान,जेठ ५ । चुनावअघि प्रतिस्पर्धी उम्मेदवारको खेदो खन्ने, एक अर्कालाई आरोप प्रत्यारोप गर्ने र अहंकार देखाउने संस्कार नेपाली राजनीतिमा नयाँ होइन । तर यसपालि चुनावपछि विजेता उम्मेदवारलाई बधाई दिएर प्रतिस्पर्धी उम्मेदवारले असल राजनीतिक संस्कारको परिचय दिए ।

तर, प्युठानको गौमुखीमा विजेताहरूसँग पराजीत उम्मेद्वारहरूले भने चुनावी नतिजा आएपछी खुलेर हार्दिकता साटे। गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित कांग्रेसका बिष्णु कुमार गिरी र उपाध्यक्ष जितेका माओबादी केन्द्रका महावीर रानालाई दोश्रो र तेस्रो लोकप्रीय मत पाएका एमालेका जुमानसिंह जिसी र राष्टिय जनमोर्चाका ज्ञामुराम न्यौपानेले बधाई दिदै टिका, खादा लागाईदिए । 

विजेता उम्मेद्वारले प्रतिस्पर्धीलाई धन्यवाद मात्र दिएनन् सँगै अगाडि बढ्ने समेत प्रतिवद्वता जनाए । जिसी र न्यौपाने निकटम प्रतिद्वन्द्वी हुन । ‘जीत र हार लोकतान्त्रिक प्रक्रिया हो ।’ नेकपा मसालका जिल्ला प्रबक्ता समेत रहेका न्यौपानेले हातमिलाउदै भन्नुभयो ‘‘बधाई छ, अब पालिकाको समृद्धिको जिम्मा तपाईहरूलाई छ ।कार्यकाल सफल रहोस शुभकामना।’

प्रतिक्रिया दिनुहोस्