दोलखा शैलुङमा कडा प्रतिस्पर्धाबिच गठबन्धनका (माओवादी केन्द्र) प्रमुखमा नेता श्रेष्ठ निर्वाचित



दोलखा,जेठ ५ । दोलखाको शैलुङ गाउँपालिकामा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) बाट प्रमुखमा  रिमालबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

बिहीबार निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणामअनुसार श्रेष्ठले ४९१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर तामाङले ४८६० ल्याएका छन् । गाउँपालिकाको प्रमुखमा कडा प्रतिस्पर्धाबिच एमालेले पराजित हुनुपरेको छ । २०७४ मा एमालेले जितेका गाउँपालिका हुन् ।

त्यस्तै उपाध्यक्षमा एमालेका पार्वती कार्की थापाले निर्वाचित भएकी छन् । कार्कीले ५१३५ ल्याएकी छन् भने उनका प्रतिस्पर्धी गठबन्धन (काँग्रेस) बाट दावादोर्जे लामाले ४७४१ मत ल्याएका छन् ।

वडा नं १ दुधपोखरीमा नेपाली काङ्ग्रेसका तर्फबाट वीरबहादुर घतानीले चुनाव जितेका छन् । घतानीसँगै दलित महिला सदस्य निर्वाचित भएका छन् । त्यस्तै एमालेबाट महिला सदस्यमा तारादेवी थापा मगर, सदस्यद्वय बुद्ध योन्जन र मिलन थापा मगरले चुनाव जितेका छन् । यसै गरी वडा नं २ भुसाफेदामा एमालेका वडाध्यक्ष तीर्थ श्रेष्ठको प्यानल नै विजयी भएका छन् ।

वडा नं ३ मा गठबन्धन (नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) बाट वडाध्यक्ष विरबहादूर तामाङ प्यानल नै विजयी भएका छन् । सदस्य ताराबहादुर श्रेष्ठ र सिद्धिबहादुर श्रेष्ठ  निर्वाचित भएका छन् । महिला सदस्य सरस्वती खड्का र दलित सदस्य अ‍ैत माला विश्वकर्मा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्