अन्तरघात गर्नेलाई गर्यो एमालेले कारवाही



गुल्मी,जेठ ५ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर–२ मा पार्टी बिरोधि कार्य गरेको भन्दै जिल्ला कमिटी सदस्य देब बहादुर बि.क लाई नेकपा एमाले गुल्मीले कारवाही गरेको छ ।

बि.क ले स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षको आकांक्षी रहेको र पार्टीले टिकट नदिएपछि पार्टी हराउने अभियानमा लागेका थिए ।

पार्टीबाट टिकट न पाए पछि स्वतन्त्र उम्मेदवारि दिने घोषण गरे पनि उम्मेदवारी भने दिएका थिएनन् । पार्टीले पटक–पटक सम्झाउदा पनि पार्टी बिरोधि गतिविधिमा हिडेपछि नेकपा एमाले रुरुक्षेत्र वडानम्बर–२ को सर्वसम्मत निर्णयले कार्वाहीका लागि रुरुक्षेत्र गाउँ कमिटीमा सिफारिस गरेकोले थियो ।

पार्टी बिधानको धारा ८ को उपधारा “ १“ को “ख“बमोजिम निज देबबहादुर बि क लाई जिल्ला कमिटी सदस्य र कुनै पनि संगठन र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टिबाट निस्कासन गर्न रुरुक्षेत्र गाउँ कमिटीले नेकपा एमाले जिल्ला कमिटी गुल्मी लाई सिफारिस पत्र पठाए पछि जिल्ला कमिटी गुल्मीले कार्वाही गरेको छ ।

बिक नेकपा एमाले गुल्मीको ११ औं अधिबेशनबाट जिल्ला कमिटी सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्