मतदाता भेटघाटमै ब्यस्त पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तामाङ



नुवाकोट, जेठ ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तेजबहादुर तामाङ मतदाता भेटघाट कार्यक्रममै ब्यस्त रहेका छन् ।

जनताको हर दुख-सुख, मर्म बुझ्ने अठोटका साथ निर्वाचित तामाङ जनताको भावना र सुन्दर पञ्चकन्याका लागि गाउँघरका आमाबुबाको कुरा सुन्न आफु घरघरमा पुगेको हामीसंगको कुराकानीमा बताए ।

हालसालै विजयी उत्सव सम्पन्न गरी गाउँघरका अशक्त र ब्यस्त नागरिकलाई भेट्न घरघर पुग्दा सहज भएको अध्यक्ष तामाङले बताए ।

उनले बिहीबार सातबिसे हुँदै गाउँघरको समस्याका बारेमा स्थानीय नागरिकसंग छलफल समेत गरेका थिए । तामाङ हालै सम्पन्न स्थानीय चुनावमा ४३४५ मत हासिल गरी विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्