कपिलवस्तुको बाणगंगामा एमालेको जीत



कपिलवस्तु,जेठ ६। कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवारले चुनाव जितेका छन । एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरि चुनाव जिते ।

उनका प्रतिश्पर्धि नेपाली काँग्रेसका रवि राज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे । दुबै बिच ६ सय ३९ मतको अन्तर छ । अर्यालले २०७४ को स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले नगर प्रमुख जित्दा उपप्रमुख जितेका थिए ।

त्यसै गरि उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जितिन । उनकी प्रतिश्पर्धि नेपाली काँग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन बाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । काँग्रेसले ४ वटा वडा र
माओबादीले १ वडा जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्