टोखाका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना सम्मान



काठमाडौं,जेठ २५ । संसाक मासिकको आयोजनामा काठमाडौंको टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा विभिन्न वडाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यसहितका जनप्रतिनिधिहरूलाई स्वागत, सम्मान तथा कार्यकाल सफलताको शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।

टोखा नगरपालिकाको हलमा भएको कार्यक्रममा दर्जन बढी साहित्यकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनताको माग र चाहना तथा विकासको आवश्यकताको आधारमा योजना बनाएर काम गर्न सुझावहरू दिए ।

कार्यक्रममा सहभागीहरूको सुझाव ग्रहण गर्दै नगरप्रमुख प्रकाश अधिकारीले नगरपालिकाको पहलमा नगरस्तरीय साहित्यिक प्रतिष्ठान बनाउने सुझावलाई आफूले गम्भिरताका साथ लिएको बताए । त्यसका लागि उनले साहित्यकारहरूको अगुवाइमा नगर भरिका साहित्यकारहरूको सूची तयार पारी वृहद् योजना ल्याउन पनि आग्रह गरे । उनले विस्तृत योजना लिएर माग गर्न आएमा आफूले बजेटका लागि पहल गर्ने आश्वासन पनि दिए ।

नगर प्रमुख अधिकारीले सरसफाईलाई व्यवस्थित गर्ने र वातावरण संरक्षणको मामिलामा नगरपालिका कडा रूपमा प्रस्तुत हुने सङ्केत गर्दै टोखाको परिचय झल्काउने द्वार, पाटीपौवा लगायतका संस्कृति निर्माणको लागि सहयोग गर्ने वचन पनि दिए । भौतिक विकासले मात्रै पनि मान्छेको मन खुशी र सन्तुष्ट नहुने रहेछ भन्नेमा पनि उनको जोड थियो ।
कार्यक्रममा वडा जनप्रतिनिधिहरूको तर्फबाट वडानम्बर ९ का अध्यक्ष रामभक्त घिमिरेले मन्तव्य राख्दै साहित्यलाई सुरक्षित गर्नसके इतिहास सुरक्षित हुने धारणा राखे । उनले ‘आपूm ठूलो मान्छे भएँ भन्ने ठानेको त जनताको सेवक पो बनेको रहेछु’ भन्दै सारगर्वित मन्तव्य राखे । उनले जनताले विजयको माला लगाइदिँदा जनताले ‘आपूmलाई तह लगाउने दाम्लो लगाइदिएको महसुस भएको’ विचार व्यक्त गरे ।

साहित्यकार डा. दामोदर पुडासैनीले नगर प्रमुख भनेको नगरका जनतालाई अँध्यारोबाट उज्यालोतिर डो¥याउने अगुवा भएकोले जनप्रतिनिधिहरू जनताको पिता बन्नुपर्ने धारणा राखे । उनले अमेरिकाको उदाहरण दिँदै त्यहाँ फोहोर गर्नेहरूको घर नविकरण नगरिने भएकोले यहाँ पनि त्यस्तै नियमहरू बनाउन सुझाव दिए । उनले उत्तर कोरियाको उदाहरण दिँदै त्यहाँ प्रत्येक घरमा एउटा फलफुल लको बोट हुनै पर्ने नियम रहेको भन्दै जनप्रतिनिधिहरूले समयको सदुपयोग गर्दै केही न केही उदाहरणीय काम गर्नै पर्नेमा जोड दिए । सो अवसरमा साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले टोखाका जनताले एकजना कर्मठ र जनचाहना बुझ्नसक्ने प्रमुख पाएकोमा खुशी व्यक्त गर्दै समयसापेक्ष निर्माणका योजना बनाएर काम गर्न नवनिर्वाचित प्रतिनिधिहरूलाई सुझाव दिए ।

साहित्यकार रामबाबु सुवेदीले साहित्यकारहरूको मन कञ्चन हुने भएकोले टोखा नगरपालिकालाई नमूना बनाउनका लागि चाहिने निर्मल सुझाव दिन तयार रहेको बताए । उनले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन पनि व्यक्त गरे । सो अवसरमा साहित्यकार नरबहादुर बिसीले नेपाली साहित्यलाई फलाउन र विकास गर्नका लागि नगरपालिकाको पहलमा साहित्य प्रष्ठिान बनाउनु पर्नेमा जोड दिए । उनले प्रतिष्ठान निर्माण भएपछि साहित्यकार तथा कलाकारहरूले क्षमता प्रदर्शन गर्न सजिलो हुने बताए ।

साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले टोखा नगरपालकिालाई देशभर चिनाउनका लागि नगरका विभिन्न स्थानहरूमा संस्कृतिक परिचय झल्कने द्वारहरू बनाउनु पर्ने सुझाव दिए । कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, साहित्यकार तारा के.सी.लगायतले शुभकामना दिएका थिए । उमेश पाण्डेले संयोजन र सञ्चालन गरेको कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, कवि÷गायक रेणु अधिकारी मौनता, वडा नं. ८, ९ र १० का अध्यक्षहरू क्रमशः रमेश खत्री, रामभक्त घिमिरे र मचाकाजी महर्जनलाई बधाईको साथै शुभकामना सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको बिचमा कवि राजेन्द्र घिमिरे र उत्तम भेटुवालले कविता वाचन गरे । त्यस अवसरमा पत्रकार जीवन हमाल, कवि÷गायक निश्चल घिमिरे, भगीरथ काफ्ले, जगदीश अधिकारीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्