नुवाकोट चोर आतंक: थान्सिङको भट्टथोकमा देखिए अनौठा स्वभावका दुई महिला



नुवाकोट,जेठ २५ । जिल्लाका विभिन्न स्थानमा नकाबधारी चोरको बिगबिगी फैलिएको बेला जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोकमा फरक स्वभावका दुई महिला भेटिएका छन् ।

भट्टथोकस्थित स्थानीय सुब्बा डङोलको एकान्त घरमा बुधबार ती दुई महिला भेटिएका हुन् । मधेस मूलका महिला डङोलको घरमा पसेको देखेपछि स्थानीय शिक्षिका एलिजा सुवेदी सशंकित भइन। एकान दुकान हुँदै गाउँभरका स्थानीय थप आतंकित भावमा भेला भए। सबैजना एकएक गरी डङोलको घरमा जम्मा भए । त्यतिन्जेल डङ्गोलको घरमा ती महिला बाहेक कोही थिएनन् ।

सबैको आँखा मा आश्चर्यको भाव देखिन्थ्यो । नजिकै उभिएका दुई महिला भने डरले भाग्ने ठाउँ खोज्दैथिए । स्थानीय रामशरण डङ्गोलले नयाँ केहि सबुत भेटिन्छ कि भनेर आफ्नो घरमा फर्निसिङ काम गर्ने तराई मूलका कामदार झिकाएका थिए । आफ्नो वतन समेत फेरि फेरि भन्ने दुई महिला को हुन? पत्ता लगाउन उपस्थित कसैले सकेनन ।

आफन्तको घर खोजी हिडेका भन्न थालेका दुई महिला त्यतिन्जेल हतोत्साहित भएका थिए भने स्थानीय आखिर को होलान् ? भन्दै सबैले आश्चर्य भाव व्यक्त गरे । उनीहरुको साथबाट चामल मुछिएको सिन्दुरका बट्टा र केहि ट्याबलेट ओखती जस्ता देखिने वस्तु,केहि माला स्थानीय युवाले खानतलासीका क्रममा फेला पारे । त्यतिन्जेल उनीहरु विभिन्न प्रश्नमा अवाक भैसकेका थिए ।

स्थानीयले ब्यापारी भए किन प्रशस्त बेच्ने सामान भेटिएन? सोधिरहे। सुरुमा वीरगन्ज ठेगाना बताउने दुई महिला आफ्नो घर ईन्डिया भएको बताउन थालेका थिए । स्थानीयले भने सत्यतथ्यका लागि प्रहरी प्रशासनलाई गुहार मागेका छन् ।

दुई महिलाको साथबाट फेला पारिएको अनौठा सामान

प्रतिक्रिया दिनुहोस्