नेपालगञ्जका विद्यालयमा पाँच दिन गर्मी बिदा



नेपालगञ्ज,जेठ २६। गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि उपमहानगरले पाँच दिन विद्यालयहरूमा बिदा दिइएको हो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा बिदा दिइएको बताए। यस्तै खजुरा गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्