नुवाकोटे गायक बद्री सिटौलाको ‘रातमा पनि हेर्छौ कि ऐना’ गीत सार्वजनिक



काठमाडौ,जेठ २७ । नुवाकोटे गायक बद्री सिटौलाको ‘रातमा पनि हेर्छौ कि ऐना’ गीत सार्वजनिक भएको छ ।

शुक्रबार एक समारोहका बीच काठमाडौको सेभेन ह्याण्ड क्याफेमा सार्वजनिक भएको हो ।

पछिल्लो समय ब्याटल गीतमा चर्चा कमाएका सिटौलाको उक्त गीत संघीय सांसद तथा माओवादी केन्द्र नुवाकोटका नेता हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको हो । कार्यक्रममा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाको समेत उपस्थिति रहेको थियोे ।

गीतमा चर्चित गायक बद्री सिटौला, गायिका प्रतिमा अर्याल, निर्देशक मिलन श्रेष्ठ, हास्य कलाकार उत्तम केसी, नायिका अनु पराजुली लगायतको टीमले तयार पारेको हो ।

गीतको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्