झोर महांकालका प्रधानाध्यापक एचके धिताल’नारायण-उजेली युवा पुरस्कार’द्वारा सम्मानित



काठमाडौं,जेठ २९ । टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोर महांकाल माध्यमिक विद्यालयका प्रधानाध्यापक एचके धिताल ‘नारायण-उजेली युवा पुरस्कार’द्वारा सम्मानित भएका छन् ।

शनिबार आयोजित एक साहित्यिक कार्यक्रममा शिक्षासेवी समेत रहेका धिताल “नारायण – उजेली युवा पुरस्कार -२०७८” बाट नगद पुरस्कार सहित सम्मानित भएका हुन।

साहित्यकार धिताल पछिल्लो समय यथार्थपरक मुक्तक सिर्जनामा अब्बल मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्