नेपाल शिक्षक संघ नुवाकोटको अध्यक्षमा द्वारिका पाण्डे



नुवाकोट,जेठ २९ । नेपाल शिक्षक संघ नुवाकोटको अध्यक्षमा द्धारिका पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल शिक्षक संघ नुवाकोटको ९ औ जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा मञ्जु प्रधान र कृष्ण कुमार श्रेष्ठ चयन भएका छन् ।

सचिवमा नवराज लामिछाने र रामप्रसाद रिमाल चयन भएका छन् । त्यस्तै सह–सचिवमा सुरेन्द्र मुडवरी, तुलसा प्याकुरेल, चोकमाया गुरुङ, सितालाल तामाङ र सेतिमाया तामाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्