नुवाकोटका चर्चित गायक दिपक थापाको लोकदोहोरी गीत ‘मसानघाट’ सार्वजनिक



नुवाकोट,असार ३ । नुवाकोटका चर्चित गायक दिपक थापाको लोकदोहोरी गीत ‘मसानघाट’ सार्वजनिक भएको छ ।

गायक थापाको यसअघि ‘तिमी तिर गैरहन्छ ध्यान मात्रै’ बोलको गीत दर्शकश्रोता माझ सर्वाधिक रुचाइएको थियोे ।

पछिल्लो लोकगीत ‘मसानघाट’ समेत टिकटकमा भाइरल भएको गीत हो । यस गीतमा शब्द रचना दिपक थापाकै रहेको छ । गीतको भिडियोमा चर्चित मोडल आयुष्मा कार्की र रामकुमार खतिवडालाई देख्न सकिन्छ ।

गीतको भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने भिडियो सम्पादन चर्चित सम्पादक रोशन धितालले गरेका छन् । गीतलाई मिलन फिल्मको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्