आज मिस नेपाल ग्रान्ड फिनाले



काठमाडौं,असार ४ । आज मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले हुँदैछ । साँझ ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदैछ ।

कोरोना महामारीको कारण गत दुई वर्ष रोकिएको मिस नेपाल प्रतियोगिता यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् । नयाँ विजेतालाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याईदिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्