झोरमा बाल अधिकार, हिंसा, सचेतना र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न



काठमाडौं,असार ५ । झोरमा बाल अधिकार, हिंसा, सचेतना र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका वडा नम्बर १ को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार झरना पार्टी प्यालेस, झोरमा सम्पन्न बाल अधिकार, हिंसा, सचेतना र संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा विभिन्न विद्यालयहरुको सहभागिता रहेको थियोे ।

वडा नम्बर १ झोरमा रहेको झोर महाकाल माध्यमिक विद्यालय, बौडेश्वर माध्यमिक विद्यालय, पब्लिक आवासीय विद्यालय र त्रिवेणी सदन अङ्ग्रेजी विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेकोे थियोे ।

बालबालिकाले पाउनुपर्ने विविध अधिकार तथा अधिकार हननका विषयमा कार्यक्रममा छलफल भएको थियोे ।कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम सयोजक आत्मराम थापा, महिला तथा बालबालिका शाखाका बिमला वाग्ले र कार्यक्रम अधिकृत सजना कुवर लगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्