बढ्दै सङ्क्रमण : २४ घण्टामा ३८ जनामा कोरोना पुष्टि



काठमाडौं,असार १४ । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यसैगरी ९४६ जनाको एन्टीजेन परीक्षण गर्दा थप ६ जनामा सङ्क्रमण देखिएको छ।

 २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ। अहिले देशभर २२९ जना सक्रिय सङ्क्रमित छन्। पछिल्ला दिन दैनिक सङ्क्रमण बढ्दै गएको छ।  

प्रतिक्रिया दिनुहोस्