नुवाकोटमा छिनछिनमा बिजुलीबत्ति जाने समस्या



नुवाकोट,असार १४ । जिल्लाको पूर्वी क्षेत्रमा बिजुलीबत्ति छिनछिनमा जाने समस्याबाट स्थानीय आजित भएका छन् ।

जिल्लाको पूर्वी भेगका सबै क्षेत्रमा बिजुलीबत्ति छिनछिनमा गएको छहरे फ्युज शाखाका लालबहादुर तामाङले बताए ।

छहरे फ्युज शाखाबाट वितरित सबै भूभागमा मंगलबार बिहीबारदेखि समस्या उत्पन्न भएको तामाङले बताए । सो शाखाले धेरै जसो स्थानमा दिनभर बिजुलीबत्ति गइरहेको बताएको छ ।

वर्षाका समयमा कुनै ठाउँमा बिजुली सट भैरहेकाले यस्तो समस्या उत्पन्न भएको हुनसक्ने प्राधिकरणले जनाएको छ । बिजुलीमा समस्या उत्पन्न भएपछि लिखु, पञ्चकन्या, शिवपुरी लगायतका क्षेत्रका नागरिक अन्धकारमा बस्न विवश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्