नुवाकोट पञ्चकन्याको बच्छला माविमा दोस्रोपटक समेत हुन सकेन ब्यवस्थापन समिति गठन



नुवाकोट,असार १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बच्छला माद्यामिक विद्यालयमा दोस्रोपटक समेत ब्यवस्थापन समिति गठन हुन सकेन ।

राजनैतिक किचलोका कारण व्यवस्थापन गठन हुन नसकेको अभिभावकहरु बताउँछन् । विद्यालयले असार १५ मा बोलाइएको अभिभावकको भेलाले ब्यवस्थापन समिति गठन हुने अपेक्षा राखेका थिए ।

विद्यालयका निवर्तमान अध्यक्ष यमबहादुर थापाले पुनः अध्यक्ष बन्ने मनसाय व्यक्त गरेपछि समिति गठन हुन नसकेको अभिभावकहरु बताउँछन् । कतिपय अभिभावकले खुलेर यस्को बिरोध गरेतापनि नयाँ अध्यक्ष भने बुधबारको भेलाले चुन्न सकेन। यद्यपि ब्यवस्थापन समितिका लागि अभिभावकको भेलाले ४ जना अध्यक्ष पद दावेदार पदाधिकारी चयन गरेको छ ।

अभिभावकले अध्यक्ष पदमा चुनेका पदाधिकारीहरुमा यमबहादुर थापा, पुष्कर गिरी, प्रमिला थापा र कबिता कडेल रहेका छन् । चुनिएका पदाधिकारीले अध्यक्ष छनौट गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्