कोरोना अपडेट: थप ३६ जना सङ्क्रमित



काठमाडौं,साउन १६ । पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, एक हजार १६६ जनाको एन्टीजेन परीक्षण गर्दा थप १९ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । अहिले देशभर २८० जना सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिन दैनिक सङ्क्रमण बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्