थप तीनजनामा हैजा पुष्टि, संक्रमित सङ्ख्या १७ पुग्यो



काठमाडौं,असार १७ । काठमाडौं उपत्यकामा हैजाका बिरामीको दिनप्रतिदिन सङ्ख्या बढ्दै गइरहेको छ । बिहीबार परीक्षण गर्दा थप तीनजनामा हैजा पुष्टि भएको हो ।

यससँगै असार २ देखि १६ गतेसम्म १७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हैजा पुष्टि हुनेमा पाँच महिला र १२ पुरुष छन् । 

काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ । पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्