पञ्चकन्याको भद्रुटार स्वास्थ्य चौकीमा नयाँ स्वास्थ्य ब्यवस्थापन समिति गठन



नुवाकोट,साउन १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा नयाँ स्वास्थ्य ब्यवस्थापन समिति गठन भएको छ ।

नयाँ स्वास्थ्य ब्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष समेत रहेका माधबप्रसाद सिटौला, उपाध्यक्षमा रामजंग बुढाथोकी, सदस्य सचीवमा रवीन्द्र शाह, शिक्षक प्रतिनिधि शम्भु यादव, महिला स्वास्थ्य स्वयंसेविकामा ठूली तामाङ रहेका छन् ।

इलाका स्वास्थ्य चौकीका रुपमा रहेको सो स्वास्थ्य चौकीका रविन्द्र शाहका अनुसार गाउँपालिकाको नीति र नियम उत्कृष्ट रहेको वताए । पछिल्लो गाउँ सभामा समेत लामो समयदेखि सेवारत स्वास्थ्य स्वयंसेविकालाई मासिक ३ हजार प्रोत्साहन भत्ता छुट्याइएकोमा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङसहितको टिमलाई हार्दिक आभार व्यक्त गरे । अन्य क्षेत्रमा भन्दा पञ्चकन्याको स्वास्थ्य सेवामा गाउँपालिकाको कदम उत्साहपूर्ण रहेको शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्