नेपालमा कोरोना बढ्दै, आज थप ५३ जनामा संक्रमण पुष्टि



काठमाडौं,असार १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२१ सय २० जनामा गरिएको परीक्षणमा ३९ जना पीसीआर र १४ जनामा एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, आज २० जना कोरोनामुक्त भएका छन् । देशभर संक्रिय संक्रमितको संख्या ३३३ रहेको छ । मन्त्रालयको अनुुसार आज ४७ हजार ४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्