कोरोना अपडेट: थप ३४ जनामा सङ्क्रमण पुष्टि



काठमाडौं,असार २० । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८४७ आरटी पीसीआर परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, एक हजार १६३ एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो । कुल तीन हजार १० परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १९ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले देशभर ३४८ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा एक लाख ४४ हजार ६६६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्