नुवाकोटे गायक उद्धब कार्कीको नयाँ गीत ‘फूलको माला’ सार्वजनिक



नुवाकोट,असार ३२ । चर्चित गायक उद्धब कार्की्को नयाँ गीत ‘फूलको माला’ सार्वजनिक भएको छ ।

प्रकाश पराजुलीको शब्द, गायक स्वयं कार्कीको थेगो, अग्रज सर्जक शिवनारायण जोशीको लय, रचना रिमाल, उद्धब कार्की र सिद्धान्त परियारको स्वरमा सो गीत निर्माण भएको हो ।

यस म्युजिक भिडियोमा अनु पराजुली र राजाराम सिम्खडाको अभिनय देख्न पाइन्छ । ‘फूलको माला’ बोलको म्युजिक भिडियोको निर्देशन चित्र मास्की मगरले गरेका छन् भने नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

यस गीतको म्युजिक भिडियो ‘शिवपुरी म्युजिक’ युठ्युब च्यानलमा हेर्न सकिन्छ । गीत हेरेपछि काठे लोखदोहोरी क्षेत्रमा उत्कृष्ट गीत आएको दर्शक/ श्रोताले प्रतिक्रिया दिरहेका छन् ।

गीतको भिडियो हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस्